नेपाली जनता फेरि ज्वालामुखी भई मेचीदेखि महाकालीसम्म विस्फोटको रुपमा आउनसक्छन् : माधव नेपाल — OSNepal

नेपाली जनता फेरि ज्वालामुखी भई मेचीदेखि महाकालीसम्म विस्फोटको रुपमा आउनसक्छन् : माधव नेपाल

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । नेकपा एकिकृत सामाजवादी पार्टीका अध्यक्ष नेता माधव नेपालले नेपाली राजनीतिमा कालो बादल मडारिन खोजिरहेको बताएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवशेनमा शुभकामना दिन उद्घाटन स्थल भृकुटीमण्डप पुगेका नेता नेपालले शुभकामना दिँदै गर्दा यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिइरहेको छ । म सावधान भन्न चाहन्छु । प्रतिगामी तत्वहरूलाई भन्न चाहन्छु । फेरि टाउको उठाउने दुस्साहस नगर्नुहोस् । अब नदीको प्रवाह अघि बढिसकेको छ त्यो फेरि पछाडि जाँदैन’ नेपालले भने ।

नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको बताएका उनले नेपाली जनता फेरि ज्वालामुखी भई मेचीदेखि महाकालीसम्म विस्फोटको रुपमा आउँसक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर