अहिले पाएको सफलता गठवन्धनबाट प्राप्त भएको भन्दै प्रचण्डले कांग्रेसका नेतालाई भने- 'हामी एक्लै हिँड्ने अहंकार नगरौं' — OSNepal

अहिले पाएको सफलता गठवन्धनबाट प्राप्त भएको भन्दै प्रचण्डले कांग्रेसका नेतालाई भने- ‘हामी एक्लै हिँड्ने अहंकार नगरौं’

LC (KTM) December 10, 2021 0

काठमाडौं २४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुलाई एक्लै हिँड्ने अहंकार नगर्न आग्रह गरेका छन् ।

नेपाली राजनीतिमा एक अर्काले हातेमालो गरेर एक अर्कालाई प्रधानमन्त्री बनाउने संस्कार रहेको भन्दै उनले यस्तो बताएका हुन् ।

आज शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना दिन सहभागी भएका अध्यक्ष प्रचण्डले भारतिय नेता हर्ष वर्द्धनलाई जवाफ दिँदै भनेका छन् , ‘उहाँलाई यो थाहा छैन कि यी पूर्वप्रधानमन्त्रीहरू एकले अर्कालाई बनाएका हुन् । यो हाम्रो संस्कृति हो । हामी आपसमा विचारमा राजनीतिमा बेलाबेलामा निकै चर्को प्रतिस्पर्धा पनि गर्ने गरेका छौं र जरुरी पर्दा हामीले एकले अर्कालाई हातेमालो गरेर प्रधानमन्त्री बनाउन पछि परेका छैनौं । यो संस्कृति पनि भारतीय जनता पार्टीका नेतालाई भन्न चाहेको थिए ।’

अहिले पाएको सफलता गठवन्धनबाट प्राप्त भएको भन्दै कांग्रेसलाई अध्यक्ष प्रचण्डले भने, ‘हामी एक्लै हिँड्ने अहंकार कसैले पनि नगरौं । हामी मिलेरै हिँड्ने हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर