ओलीले भाषण गर्ने बेला जुरुक्क उठेर हिँडे प्रचण्ड र माधव नेपाल, ओलीले मुख बंग्याउँदै भाषण गरिरहे — OSNepal

ओलीले भाषण गर्ने बेला जुरुक्क उठेर हिँडे प्रचण्ड र माधव नेपाल, ओलीले मुख बंग्याउँदै भाषण गरिरहे

LC (KTM) December 10, 2021 0

काठमाडौं, २४ मंसिर । एमाले अध्यक्ष केपी ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिने क्रममा ओली ड्यासमा पुग्दा प्रचण्ड र नेपाल आफ्नो सोफामा थिएनन् ।

ओली महाधिवेशनको उद्घाटन सुरु भएपछि केही ढिला गरी आएका थिए । तर, उनी प्रचण्ड र नेपाल लहरैको सोफामा बसेनन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पल्लोपट्टि गए, जहाँ नेता रामचन्द्र पौडेल बसेका थिए ।

पौडेल सोफाबाट उठेपछि ओली बसेका थिए । ओलीले प्रचण्ड र नेपालको भाषण सुने पनि ओलीले भाषण गर्न थालेपछि प्रचण्ड र नेपाल पहिले नै उठेर हिँडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर