गोपालमानको साथ देउवालाई, इतरबाट 'साझा' बन्न नसके सभापतिकाे दाैडबाट रामचन्द्र बाहिरिने — OSNepal

गोपालमानको साथ देउवालाई, इतरबाट ‘साझा’ बन्न नसके सभापतिकाे दाैडबाट रामचन्द्र बाहिरिने

LC (KTM) December 11, 2021 0

काठमाडौं, २५ मंसिर – नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेल संस्थाप इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्न नसकेपछि दाैडबाट बाहिरिने भएका छन् । १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका पाैडेल १४औँ महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार भएर हारकाे बदला लिने रणनीतिमा उनी थिए ।

तर, संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार खडा गर्ने समझदारीले आकार लिन नसकेपछि पाैडेल सभापतिमा लड्ने सम्भावना झिनाे बन्दै गएकाे हाे । किन कि सभापतिका आकांक्षी शशा‌ंकले काेइरालाले तीन दिन अघि नै ‘रामचन्द्र दाइका लागि सभापतिबाट पछि हट्ने’ बताएका थिए ।

तर, यसबीचमा पनि संस्थापन इतरबाट साझा उम्मेदवारमा सहमति जुट्न सकेकाे छैन ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले सभापतिमा दाबी गरिरहेका छन् । सिंह अवधारणासहित आजै सभापतिमा उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् । शेखर पनि सामाजिक सञ्जालमा ‘एक पटक, यसै पटक’ भन्दै प्रचार अभियानमा छन् । अब सभापतिमा इतरबाट प्रकाशमान र शेखर सभापति प्रतिस्पर्धामा आउने देखिन्छ ।

देउवालाई सिटाैलापछि श्रेष्ठकाे साथ

१३औँ महाधिवेशनबाट सभापति निर्वाचित भएका देउवा पुन: सभापतिकाे दाबेदारीमा छन् । इतर पक्ष उपगुटमा चुनाव लड्ने माहाेल बनेपछि उनले आफूलाई अनुकुल महसुस गरिरहेका छन् ।

देउवालाई नेता कृष्णप्रसाद सिटाैलाले साथ दिइसकेका छन् । यसअघि आफू पनि सभापतिकाे आकांक्षी बताउँदै आएका नेता गाेपालमान श्रेष्ठले देउवालाई साथ दिने भएका छन् । उनी देउवाका विश्वासपात्र मानिन्छन् ।

देउवा खेमाबाट उपसभापति विमलेन्द्र निधि सभापतिमा अघि सर्दा श्रेष्ठले दाबेदारी प्रस्तुत गरिरहेका थिए । तर, निधि देउवा खेमाबाट आउट भएपछि श्रेष्ठले देउवालाई नै साथ दिएका हुन् ।

शुक्रबारबाट सुरु भएकाे कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मनाेनयन दर्ताकाे कार्यतालिका छ । निर्वाचन भने साेमबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर