चुनावी प्रतिस्पर्धाबाट पौडेल बाहिरिए,शेखर सभापति बन्दा गगन महामन्त्री — OSNepal

चुनावी प्रतिस्पर्धाबाट पौडेल बाहिरिए,शेखर सभापति बन्दा गगन महामन्त्री

LC (KTM) December 11, 2021 0

काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

नेता प्रकाशमान सिंहको अडानका कारण साझा उम्मेदवारमा सहमति हुन नसकेपछि पौडेल बाहिरिएका हुन् । अब संस्थापनइतर समूहबाट डा। शेखर कोइराला उम्मेदवार बन्ने भएका छन् ।

यथपी, रामचन्द्र पौडेल र शशांक कोइरालाको समर्थन कसले पाउने भन्ने स्पष्ट भएको छैन । यता शेखर कोइरालाको टिमबाट गगन थापाले महामन्त्री उम्मेदवार दिएका छन् ।

त्यसैगरी, संस्थापन पक्षका विश्वप्रकाश शर्मालाई पनि महामन्त्रीमा उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर