मेलै मात्र होइन कांग्रेसलाई हाँक्ने भिजन भएका प्रकाशमानलाई शेखर र शशांकले पनि समर्थन गर्नुपर्छः नेतृ सुजाता — OSNepal

मेलै मात्र होइन कांग्रेसलाई हाँक्ने भिजन भएका प्रकाशमानलाई शेखर र शशांकले पनि समर्थन गर्नुपर्छः नेतृ सुजाता

LC (KTM) December 11, 2021 0

काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले संस्थापनइतर समूह सभापतिका उम्मेदवार प्रकाशमान सिंहको नेतृत्वमा एकजुट हुनुपर्ने
बताएकी छन् ।

प्रकाशमानको अडानका कारण चुनावी प्रतिस्पर्थाबाट बाहिरिएका रामचन्द्र पौडेल सहितका नेताहरुलाई उनले नेता सिंहलाई समर्थन गर्नुपर्ने बताएकी हुन् ।

प्रकाशमानमा सबैलाई सम्मान गर्ने स्वभाव रहेको र कांग्रेसलाई हाँक्ने भिजन पनि रहेको बुझेर आफूले समर्थन गरेको नेत्रृ कोइरालाले बताएकी छन् । शनिबार नेपाल प्रेससँग कुरा गर्दै कांग्रेसलाले यस्तो बताएकी हुन् ।

कोइरालाले भनिन्– हामीहरु जित्छौं । नयाँ अनुहार, नयाँ विचारसहित समावेशी टिम छ । जनजाति, मधेसी,महिला सबैको टिम हो यो । अहिले कोइराला परिवारमा विभाजन भएको होइन, अरु पनि विस्तारै आउनुहुन्छ । शेखर कोइराला र शशांकले पनि प्रकाशमानलाई समर्थन गनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर