देउवालाई चुनाव जित्ने तयारी नगर्न भन्दै भण्डारीले भने - लामो समयदेखि योगदान गरेका साथीहरुको भावनालाई तपाईले बुझ्नुपर्छ — OSNepal

देउवालाई चुनाव जित्ने तयारी नगर्न भन्दै भण्डारीले भने – लामो समयदेखि योगदान गरेका साथीहरुको भावनालाई तपाईले बुझ्नुपर्छ

LC (KTM) December 11, 2021 0

काठमाडौं २५ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति शेरबहादुर देउवाले मात्र जितेर नहुने भन्दै लामो समयदेखि योगदान गरेका साथीहरुलाई पनि मौका दिनुपर्ने बताएका छन् । नेता भण्डारीले देउवालाई आग्रह गर्दै चुनाव जित्ने तयारी नगर्न आग्रह गरेका छन् ।

‘संस्थापन समूहमा लामो समयदेखि योगदान गरेका साथीहरु हुनुहुन्छ । सबैको भावनालाई सभापतिजीले बुझ्नुहुन्छ भन्ने लाग्छ । उहाँले जित्ने तर टिमका अरु नेताहरु नसमेटिने खालको प्रयास गरिए प्रत्युत्पादक हुनसक्छ’ भण्डारीले भने ।

देउवा एक्लै बढ्न नहुने भन्दै आएका उनले टिमका सबैलाई समेटेर अगाडि बढ्नुको विकल्प नरहेको पनि बताएका छन् । संस्थापन पक्षबाट भण्डारी पदाधिकारीको दाबेदार रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर