अमेरिकाको आँधीमा कम्तिमा ७० जना भन्दा बढीको मृत्यु मृत्यु, आपतकाल घोषणा — OSNepal

अमेरिकाको आँधीमा कम्तिमा ७० जना भन्दा बढीको मृत्यु मृत्यु, आपतकाल घोषणा

LC (KTM) December 12, 2021 0

न्युयोर्क, २६ मंसिर -अमेरिकाको केन्टकीमा आएको शक्तिशाली आँधीमा कम्तिमा ७० जनाको मृत्यु भएको छ । आँधीमा दर्जनौं हराइरहेका छन् । आँधीबाट अहिलेसम्म ४० जनाको उद्दार गरिएको छ ।

आँधीका कारण केन्टुकीका दशौं हजार मानिसको घरमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ । आँधीबाट मिसोउरी, अर्कान्सस, इलिनोइस, टेनेसा, मिसीसिपीलगायतका राज्य प्रभावित भएका छन् । केन्टकीमा आपतकाल घोषणा गरिएको छ ।

आँधीले दर्जनौ भवनमा क्षति पु–याएको छ । रुख तथा पोल ढल्दा सडक अबरुद्ध भएका छन् । राष्ट्रपति जो बाइडेनले आँधीले ठूलो जनधनको क्षति गरेको भन्दै धैर्य रहन सबैलाई आग्रह गरेका छन् । केन्टुकीको आँधी इतिहासमै ठूलो भएको बाइडेनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर