भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक — OSNepal

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

LC (KTM) December 12, 2021 0

नयाँ दिल्ली, २६ मङ्सिर, -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर एकाउन्ट छोटो समय ह्याक भएको उहाँको कार्यालयले आइतबार बिहान पुष्टि गरेको छ। “प्रधानमन्त्री @narendramodi को ट्विटर ह्यान्डल छोटो समय ह्याक भएको र त्यसबाट प्रसारित कुनै पनि सन्देशलाई बेवास्ता गर्नुपर्ने जनाइएको छ । प्र म मोदीका दुई ट्विटर अकाउन्टहरू छन् – @narendramodi र @PMOIndia।

जहाँ @PMOIndia का ४५.४ मिलियन फलोअर्स छन्, भने @narendramodi का ७३.४ मिलियन भन्दा बढी फलोअर्स छन्। भारतीय प्रधानमन्त्री प्रायः आफ्नो सरकारका प्रमुख घोषणा वा निर्णयहरू प्रसारित गर्न ट्विटर प्रयोग गर्ने गर्नुहुन्छ ।(रासस-सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर