जब मध्यरातमा मोदीको ट्विटर अकाउन्ट ह्याक भयो... — OSNepal

जब मध्यरातमा मोदीको ट्विटर अकाउन्ट ह्याक भयो…

LC (KTM) December 12, 2021 0

नयाँ दिल्ली, २६ मंसिर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट ह्याक भएको छ । शनिबार ह्याकपछि राति करिव सवा दुई बजे मोदीको ट्विटर अकाउन्टबाट अनावश्यक ट्विट गरिएको थियो । ‘भारतले आधिकारिक रुपमा विटक्वाइनलाई मान्य दिएको छ । सरकारले ५ सय बिटक्वाइन बाँड्दैछ,’ ह्याकपछि मोदीको अकाउन्टबाट ट्विट गरिएको थियो । तर, सो ट्विट दुई मिनेटपछि हटाइएको थियो ।

बिहान सबा तीन बजे प्रधानमन्त्रीको कार्यलयले मोदीको ट्विट अकाउन्ट ह्याक भएको जनाउदै केही समयमा नै ह्याकरबाट नियन्त्रणमा लिएको जनाएको थियो । प्रधानमन्त्रीको ट्विटर ह्याकबारे अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर