आज ३०० ले बढ्यो सुनको मुल्य — OSNepal

आज ३०० ले बढ्यो सुनको मुल्य

LC (KTM) December 12, 2021 0

सुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ३०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार १९० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर