काठमाडौं महानगरमा १९६ किलोमिटर कालोपत्रे गर्‍यौँ : मेयर शाक्य — OSNepal

काठमाडौं महानगरमा १९६ किलोमिटर कालोपत्रे गर्‍यौँ : मेयर शाक्य

LC (KTM) December 12, 2021 0

काठमाडौं, २६ मंसिर -काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरले १९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे गरेको बताएका छन् ।

२७ औँ महानगर दिवसको अवसरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिए ।

‘मेरो कार्यकालमा ४८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ भने २२६ दशमलव ४ किलोमिटर सडक मर्मत र १८ दशमलव ३४ किलोमिटर ढल निर्माण गरिएको छ,’ उनले भने, ‘वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको छ । वडा नं. २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी १० वटा वडा कार्यालयहरू निर्माणाधीन अवस्थामा छन् । वडा नं. ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी आठ वटा वडाहरूको स्तरोन्नति गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर