काठमाडौँ महानगरपालिका प्रमुख शाक्यद्वारा कलेज भवन शिलान्यास — OSNepal

काठमाडौँ महानगरपालिका प्रमुख शाक्यद्वारा कलेज भवन शिलान्यास

LC (KTM) December 13, 2021 0

काठमाडौँ, २७ मङ्सिर -काठमाडौँ महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभयो । दुई दशक अघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित र मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित सो सामुदायिक कलेजमा करीब रु नौ करोडको लागतमा नयाँ चारतल्ले भवन बन्न लागेको हो ।

हाल महानगरले रु पाँच करोड सहयोग गरेको छ । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारी, सचिव पेम्बा लामा, बागमती प्रदेशका सदस्य दीपक निरौलालगायत सहभागी हुनुहुन्थ्यो । कलेजका प्रमुख डम्बरबहादुर हमालका अनुसार कलेजमा विज्ञान, पत्रकारिता, सूचना प्रविधि, अङ्ग्रेजीलगायत विषयमा कक्षा ११ देखि स्नातकोत्तरसम्म गरी हाल एक हजार ५०० विद्यार्थी छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर