कपाल जुरो बनाउँदा देखा पर्छन् यस्ता समस्याहरु — OSNepal

कपाल जुरो बनाउँदा देखा पर्छन् यस्ता समस्याहरु

LC (KTM) December 13, 2021 0

काठमाडौं । तपाईको कपाल कत्रो छ ? लामो , छोटो वा ठिक्क । लामो कपाल समाल्नको लागी कतिपय महिलाहरुले जुरो बनाउने गर्छन् । जुरो बनाउनको लागी कुनै झन्जट नभएकाले गर्दा महिलाहरु जुरो बनाउने गर्छन् । तर कतिलाई ज्ञान नहुन सक्छ,कपाल जुरो बनाउदा के हुन्छ भनेर ।

कपाल निरन्तर रुपमा जुरो बनाईरहेको खण्डमा छिटो फोहोर हुने तथा कपाल टुट्ने समस्या देखा पर्ने गर्दछ । कपाललाई जुरो बनाईराखेको खण्डमा कपालको वजन पछाडितिर बढ्छ । जसले कपालको जरा कमजोर हुन्छ ।

कपाललाई धेरै जुरो वनाएको खण्डमा पसिना आउँछ । जसको फल स्वरुप कपालबाट नराम्रो गन्ध आउने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर