बेरोजगारलाई आत्मनिर्भर बनाउदै तिला गाउँपालिका — OSNepal

बेरोजगारलाई आत्मनिर्भर बनाउदै तिला गाउँपालिका

LC (KTM) December 14, 2021 0

मंङ्सिर,२७ जुम्ला : बेरोजगारलाई अात्मनिर्भर बनाउनका लागि जुम्लाको तिला गाउँपालिकाले नविल बैंकसंग दिगो उद्यमशीलता विकासका लागि साझेदारी गरेको छ । पालिका भित्रका युवालाई उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी उनीहरूलाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ तिला गाउँपालिका, राष्ट्रिय युवा परिषद् र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको गाउँपालिका अध्यक्ष रतननाथ याेगीले बताउनुभयो ।

सो बैंकले वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम मंसिर २१ गतेदेखि सदरमुकाम खलङ्गामा सम्पन्न गरि साेमबार समापन गरेको छ । साथै बैंकले गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि गाउँपालिमा संग समझदारी भएको नविल बैंक अध्यक्ष उपेन्द्र पाैडेले बताउनुभयो । उहाँले भन्नुभयो ,” बैंकबाट सहुलियतपूर्ण कर्जा उपलब्ध हुने छ ।साे कर्जाले उद्यम गर्ने स्थानीयवासिलाई राहत पुन्ने छ । बैंककाे कर्जा सहिरुपमा सदुपयोग गर्ने जरुरी छ । ग्रामीण भेगका स्थानीयवासिलाई स्वराेजगारतर्फ अगाडि बढाउन बैंक तयारी रहेको अध्यक्ष पाैडेलले बताउनुभयो ।”साे बैंकका कर्णाली प्रदेश प्रमुख गोपी पाण्डे र गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले गत मंसिर २१ साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरी सकेका छन् ।

उक्त साझेदारीमार्फत गाउँपालिकाहरुले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम र तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम र तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले बताउनुभयो ।

सम्झौताले तिला गाउँपालिकामा रोेजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग पुग्नेदेखि सो कार्यक्रमले निम्न आयस्रोत भएका तिलाका किसान तथा उद्यमीलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण कार्य खेल्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीन बहादुर रावलले बताउनुभयो ।यस समझदारीले तिला गाउँपालिकामा स्थानीय युवाहरूलाई साथ दिन उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिएको राष्ट्रिय युवा परिषद्का प्रतिनिधि तथा तालिका मुख्य प्रशिक्षक श्यामकाजी खत्रीले बताउनुभयो ।

बेरोजगार युवालाई उद्यमशीलता र स्वरोजगार प्रवद्र्धनका लागि तिला गाउँपालिको नमुना काम गरेको तालिका सहभागी हरिबहादुर बुढाले बताउनुभयो । अार्थिक अभावले व्यवसायी गर्ने नपाएकाका स्थानीयवासिका लागि गाउँपालिकाले गरेको काम राम्रो भएको तालिमका अर्को सहभागी पार्वती बुढाले बताउनुभयो । आयआर्जन बिना आर्थिक समृद्धि सम्भव नभएकोले उद्यमशीलता विकासका लागि तिला गाउँपालिकाले थालेको कार्यक्रम प्रशंसनीय रहेको स्थानीयवासि जय रावलले बताउनुभयो ।

पहिलो चरणमा छनौटमा परेका पालिकाभित्रका १५० जना युवाहरुलाई एक हप्तासम्म गाउँपालिकाले सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा बित्तिय साक्षरता तालिम राष्ट्रिय युवा परिषद्का प्रशिक्षकबाट सदरमुकाम खलंगामा संचालन गरेको थियो । कार्यक्रममा बैंकिङ प्रतिनिधि, जुम्लाका सहायक प्रजिअ, पत्रकार, जिल्लाका विषयगत कार्यालयका प्रमुख, गाउँपालिका कर्मचारीहरु, किसान, युवा तथा महिला उद्यमीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर