ज्योतिष शास्त्र अनुसार शनिबार जन्मिएका मानिस हुन्छन् साह्रै रिसालु, यस्तो हुन्छ उनीहरूको स्वभाव — OSNepal

ज्योतिष शास्त्र अनुसार शनिबार जन्मिएका मानिस हुन्छन् साह्रै रिसालु, यस्तो हुन्छ उनीहरूको स्वभाव

LC (KTM) May 29, 2021 0

मानिसको व्यवहार, चालचलन, स्वभाव तथा अन्य गतिविधि मानिस जन्मेको बार, महिना र समयले निर्धारण गरेको ज्योतिष शास्त्रको दाबी छ । ज्योतिषहरूले मानिसको जन्मबार एवं जन्मेको समयले उसको स्वभाव र चरित्र निर्धारण गर्ने बताउँदै आएका छन् ।

यस्तैमा आज हामी शनिबार जन्मिएका मानिसहरूको स्वभाव कस्तो हुन्छ त भन्नेबारेमा चर्चा गर्दैछौं । शनिबार जन्मेका व्यक्तिहरू हरेक कुरामा पर्फेक्ट हुन्छन् । यस्ता व्यक्तिहरू सफा मनका हुने गर्छन् र आफ्नो मनमा जे छ त्यही भन्ने गर्छन् । यस्तै शनिबार जन्मिएका मानिसहरू निकै गम्भीर र जिम्मेवार स्वभावका हुन्छन् ।

निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुने गर्छन्, शनिबार जन्मिएका व्यक्तिहरू । तर, कहिलेकाँही स्पष्ट वक्ताको रूपमा आलोचना हुने गर्दा शनिबार जन्मिएका मानिससँग धेरै जना रुस्ट समेत हुने गर्छन् । यद्यपि, पछि कुरा बुझेर अरुहरू त्यस्ता व्यक्तिसँगै सुझाव लिन आउने गर्छन् ।

शनिबार जन्मिएका मानिसहरूलाई संगीत र खेलमा निकै रुची हुने गर्छ । यी व्यक्तिहरूले ‘हाइक्लास’ वस्तुहरू मनपराउने हुन्छ । यिनीहरूले लगाउने लुगादेखि जुत्तासम्मले हाइक्लास पर्सनालिटी झल्काउने गर्छ । यस्ता व्यक्तिहरूका लागि कुनै पनि सम्बन्ध निकै महत्त्वपूर्ण हुने गर्दछ र साथीहरूको लागि यिनीहरू जे पनि गर्न तयार भएका हुन्छन् ।

कसैलाई पनि ठेस नपुगोस् भन्ने सोचले काम गर्नु हुन्छ भने यस्ता व्यक्तिहरू छिट्टै दुखि हुने गर्छन् । यस्ता व्यक्तिहरू आफ्नो रिसलाई नियन्त्रणमा राख्न सक्छन् तर, गलत कुराहरूलाई सहन नसक्ने भएका कारणले एक रिस उठेपछि यस्ता व्यक्तिहरुलाई निकै नराम्रोसँग उठ्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर