मोर्चाबन्दी गरेर देउवालाई हराउने भन्दै आएका निधि र नयाँ नेतृत्व चाहिएको छ भन्दै आएका सिंहले देउवालाई नै किन गरे समर्थन ? — OSNepal

मोर्चाबन्दी गरेर देउवालाई हराउने भन्दै आएका निधि र नयाँ नेतृत्व चाहिएको छ भन्दै आएका सिंहले देउवालाई नै किन गरे समर्थन ?

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं माधिवेशनमा सभापति पदको लागि भएको निवार्चनमा सहभागी पाँचै उम्मेदवारले बहुमत ल्याउन नसकेपछि अहिले दिउँसो साढे तिन बजे दोस्रो चरणको निवार्चन हुने भएको छ ।

सभापति पदको लागि पहिलो चरणबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधि लुवैले अब दोस्रो चरणको निवार्चनमा देउवालाई सघाउने भएका छन् । कांग्रेसको विधान अनुसार बहुमत ल्याउन ५० प्रतिशत भन्दा बढी मत ल्यानुपर्ने हुन्छ पहिलो चरणको निर्वाचनमा देउवाले २२५८ मत र कोइरालाले १७०२ मत पाएका छन् । दुई जनाको बिचमा ५५६ को मतको अन्तर रहेको छ ।

देउवालाई अब जित्नको लागि ८२ मत आवश्यक रहेको छ भने कोइरालालाई करिब छ सय मत आवश्यक रहेका छ । अब यसको निणार्यक भुमिका भने सिंह, निधि र गुरुङको हुने भएको छ । पहिलो चरणको निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।

आज शेखर कोइराला र देउवाबिच सभापति पदको लागि दोस्रो चरणको प्रतिस्पर्धा हुने भएको छ । निवार्चन हुनु अगाडी निधिले पहिलो चरणमा कसैले जित हासिल गर्दैन , दोस्रो चरणमा आफुसहित प्रकाशमान सिंह र गुरुङसँग मोर्चाबन्दी गरी देउवालाई हराउने भनेका थिए । तर निधिले केहि दिनमा नै बाटो फेरेको देखिएको छ ।

निधि र सिंहको समर्थनसँगै देउवालाई अब दोस्रोपटक पार्टीको सभापति हुन ढोका खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर