सभामुख सापकोटा माथि जंगिँदै ओलीले भने, नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन ,परिणाम नराम्रो होला — OSNepal

सभामुख सापकोटा माथि जंगिँदै ओलीले भने, नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन ,परिणाम नराम्रो होला

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभापति अग्निप्रसाद सापकोटालाई चेतावनी दिएका छन् ।

आज मंगरबार सुरु हुने संसद बैठकमा आफूहरुले कारबाही गरेका १४ जना सांसद सहभागी भएसम्म संसद चल्न नदिने भन्दै आएको एमालेका अध्यक्ष ओलीले
एमाले सांसदहरुलाई कारबाही गर्ने धम्की नदिन सभामुखलाई निर्देशन दिँदै यसको परिणाम नराम्रो समेत हुने चेतावनी दिएका छन् ।

मंगलबारको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका छन्, ‘हाम्रो विरोधको कार्यक्रम निरन्तर रहने छ । हामी विरोधलाई अघि बढाउँछौं ।’

धम्की दिने जमाना थियो होला, अब धम्की नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन, भन्दै जंगिएका ओलीले निकाल्छु र कारवाही गर्छु भन्नेहरुलाई आवेश उत्तेजनामा नआउन समेत सुझाव दिएका छन् ।

सभामुख सापकोटा तिर लक्षित गर्दै ओलील भने, ‘नियमावली आकर्षित हुन्छ भन्नेहरुलाई म आवेश उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेश उत्तेजनामा नआउनु, परिणाम नराम्रो होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर