सिंह निधि र गुरुङ देउवाको पक्षमा उभिदा एक्लै भएका कोइराला उच्च मनोबलका साथ चुनावमा उत्रिने यस्तो छ तयारी — OSNepal

सिंह निधि र गुरुङ देउवाको पक्षमा उभिदा एक्लै भएका कोइराला उच्च मनोबलका साथ चुनावमा उत्रिने यस्तो छ तयारी

LC (KTM) December 14, 2021 0

काठमाडौं २८ मंसिर । नेपाली कांग्रेसको सभापति पदको लागि भएको दोस्रो चरणको निवार्चनमा पहिलो चरणबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधि र कल्याण गुरुङले शेरबहादुर देउवालाई समर्थन गर्दा सभापति पदका उम्मेदवार शेखर कोइरालाई सकस परेको छ ।

नयाँ नेतृत्वको आवश्यक छ भन्दै आएका निधि र सिंहले देउवासँग एकैठाउामा उभिँदा कोइराला एक्क्ले परेका छन् ।

अहिले साढे ३ बजेबाट देउवा र कोइरालाबिच सभापति पदको लागि दोस्रो चरणको निवार्चन हुने भएको छ । पहिलो चरणमा ४ हजार ६७९ मत खसेको मा देउवाको पक्षमा २२५८ मत र कोइरालाको पक्षमा १७०२ मत खसेको थियो ।

देउवालाई अब जित्नको लागि ८२ मत आवश्यक रहेको छ भने कोइरालालाई करिब छ सय मत आवश्यक रहेको छ । तथापी, कोइराला भने दोस्रो चरणको निवार्चनमा जान तयारी रेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार आफ्नो एजेण्डा परिर्वतनको लागि भएकाले आफुहरु विरुद्ध सबै एकजुट भएपछि झन् बलियो भएका आफूहरु उच्च मनोबलका साथ चुनावमै जाने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर