काँग्रेस महाधिवेशन : दोस्रो चरणको निर्वाचनमा कसको पक्षमा आउला परिणाम — OSNepal

काँग्रेस महाधिवेशन : दोस्रो चरणको निर्वाचनमा कसको पक्षमा आउला परिणाम

LC (KTM) December 14, 2021 0

काठमाडौं, २८ मंसिर – कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा जाने निर्णय गरेका छन् ।

सभापतिमा पहिलो चरणको निर्वाचनपछि आएको मत परिणामको समीक्षा गर्न मंगलबार दिउँसो बसेको कोइराला समूहको बैठकले दोस्रो चरणको निर्वाचनमा जाने निर्णय गरेको हो ।

कोइरालाको यो निर्णयसँगै अब कांग्रेस सभापतिका लागि आज दिउँसो साढे ३ बजेदेखि पुनः मतदान हुने निश्चित भएको छ ।

सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई संस्थापन इतर समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले समर्थन गर्ने घोषणा गरिसकेका छन् । इतर समूहले सहयोग नगरे पनि कोइरालाले चुनावबाटै फाइनल हुने निर्णय रोजेका छन् । उनले अन्तर्मनको आवाज सुनेर भोट हाल्न कांग्रेस महाधिवेशन प्रतिनिधिहरूलाई अपिल पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर