कारमा सवार अमर सहित उनको साथी प्रहरीको नियन्त्रणमा — OSNepal

कारमा सवार अमर सहित उनको साथी प्रहरीको नियन्त्रणमा

LC (KTM) December 14, 2021 0

नवलपरासी (पूर्व) २८ मंसिर । नियन्त्रित लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगंज उपमहानगरपालिका-१४ पिप्राहा बस्ने ५१ वर्षीय अमर पटेलसहित २ जना रहेका छन् ।

कावासोती नगरपालिका-१६ चालिस किलोको जंगलस्थित सडकबाट निजहरुलाई नियन्त्रित लागूऔषध ६४ एम्पुल नुफिन, ६४ एम्पुल डाईजेपाम, ६४ एम्पुल फेनारगन र ३० ट्याब्लेट नाईट्राभेट सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

अन टेस्ट लु.अ.अ.म.९८०४ नम्बरको कारलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व०बाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा कारमा लुकाई ल्याएको उक्त लागूऔषध सहित कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर