कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान: कति खस्यो मत ? — OSNepal

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान: कति खस्यो मत ?

LC (KTM) December 14, 2021 0

काठमाडौं, २८ मंसिर – नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको सभापतिका लागि जारी दोस्रो चरणको मतदानमा ६ बजेसम्म १ हजार ५ सय भन्दा धेरै मत खसेको छ ।

सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज दोस्रो चरणको मतदान भइरहेको हो। राष्ट्रिय सभागृहमा​ ६ वटा बुथबाट मतदान भइरहेको छ ।

हालसम्म १ हजार ५ सय बढी मत खसेको निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए । पहिलो चरणमा धेरै मत पाएका शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर