शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको हुँ : नेता सिंह — OSNepal

शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको हुँ : नेता सिंह

LC (KTM) December 14, 2021 0

काठमाडौँ, २८ मङ्सिर -नेपाली कांग्रेसको केन्द्रीय सभापति पदको दोस्रो चरणको निर्वाचनमा सभापति उम्मेरदवार शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको प्रकाशमान सिंहले स्पष्ट पार्नुभएको छ ।

केही बेरअघि पत्रकार सम्मेलन गर्दै नेता सिंहले निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढङ्गले केही अनलाइनमा आएका भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको पनि बताउनुभएको छ । प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा प्रधानमन्त्रीसमेत रहनुभएका देउवालाई समर्थन गरेको नेता सिंहको भनाइ छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर