नेपाल प्रहरीको अर्को सफलता,बैंकिङ कसुर मुद्दामा फरार रहेका अमर शङ्खमूलबाट समातिए — OSNepal

नेपाल प्रहरीको अर्को सफलता,बैंकिङ कसुर मुद्दामा फरार रहेका अमर शङ्खमूलबाट समातिए

LC (KTM) December 15, 2021 0

नेपाल प्रहरीले रु ४५ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु ४५ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका ललितपुर महानगरपालिका–२१ बस्ने ४२ वर्षीय अमर महर्जनलाई पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७८ असोज ८ गतेको फैसलापछि चार दिन कैद र बिगोबमोजिम रु ४५ लाख ५० हजार जरिवाना ठहर भएपछि फरार रहेका महर्जनलाई आज शङ्खमूलबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका महर्जनले आफ्नो मेघा बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।

उच्च अदालतले महर्जनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका महर्जनलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर