जलेश्वरनाथ मन्दिरको विकासका लागि सक्दो पहल गर्छुँ : मन्त्री झाँक्री — OSNepal

जलेश्वरनाथ मन्दिरको विकासका लागि सक्दो पहल गर्छुँ : मन्त्री झाँक्री

LC (KTM) December 15, 2021 0

जलेश्वर, २९ मङ्सिर -सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महोत्तरी सदरमुकामस्थित जलेश्वरनाथ महादेव मन्दिरको विकासका लागि सक्दो पहल गर्ने बताउनुभएको छ । उहाँले आज मन्दिरमा पूजाअर्चना गर्दै मन्दिरको जीर्णोद्वारका लागि पहल गर्ने बताउनुभयो ।

जलेश्वरनाथ मन्दिरमा टुटे, भत्केका संरचनाको पुनःनिर्माणलगायत काममा आफ्नो भरपुर सहयोग रहने मन्त्री झाँक्रीले आश्वासन दिनुभयो । उहाँलाई महादेव मन्दिरमा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले माला र गमछा लगाएर स्वागत गर्नुभएको थियो । मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले मन्त्री झाँक्रीलाई पूजामा सहयोग गर्नुभएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर