दोस्रो पटक सभापतिमा निर्वाचित भएका देउवालाई सामाजिक सञ्जालमा बधाई तथा शुभकामनाको ओइरो , कुन नेताले के भने ? — OSNepal

दोस्रो पटक सभापतिमा निर्वाचित भएका देउवालाई सामाजिक सञ्जालमा बधाई तथा शुभकामनाको ओइरो , कुन नेताले के भने ?

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसको १४ औं माधिवेशनमा दोस्रो पटक सभापतिको पदमा निर्वाचित भएका प्रधानमन्त्री शेरबादुर देउवालाई यति बेला शुभकामना दिनेको ओइरो लागेको छ ।

आलोचना , टिका टिप्पणी गर्नेको संख्या पनि कमि टैन । सामाजिक सञ्जाल मार्फत उनो नेता कार्यकर्ता देखि शुभचिन्तकले शुभकामना दिनुको साथै सफल कार्यकालको शुभकामना समेत दिएका छन् । नेतृत्व परिर्वत गर्नुपर्छ भन्दै आएका गगन थापाले समेत देउवालाई शुभकामना दिएका छन् ।

आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्दै गगनले देउवालाई शुभकामना दिएका हुन् । देउवालाई मुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने समेत बताएका छन् ।

थापाले लेखेका छन् , आदरणीय शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु। समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ’ ।

अर्का नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सफल कार्यकालका लागि शुभकामना दिएका छन् । उनले भनेका छन् , दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएको मा सम्माननयि प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले पनि देउवालाई सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यु नेपाली कांग्रेसको सभापतिमा पुन निर्वाचित हुनुभएकोमा हार्दिक बधाई सहित कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछु ।

त्यसैगरी नेकपा एमालेका नेता प्रदीप पौडेलले पनि देउवालाई बधाई तथा शुभकामना दिएका छन् । एमाले नेता योगेश भट्टराईले बधाई तथा शुभकामना दिएका छन् । जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले पनि बधार्य दिएका छन् ।

भट्टराईले भनेका छन्, नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट पार्टी सभापतिमा पुनस् निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई हार्दिक वधाइ तथा सफल कार्यकालको शुभकामना! वहॉको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्स प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्सअग्रगमनकारी शक्तिबीच एकता होस्सथप शुभेच्छा!

यसैगरी कांग्रेसका नेता धनराज गुरुङले पनि देउवालाई बधाई तथा शुभकामना दिएका छन् । उनले राजनीति व्यापार होइन तर राजनीतिका थोक बिक्रेताहरुसँग सजग रहनुहोला भन्दै शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर