जागरि लगाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ — OSNepal

जागरि लगाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ

LC (KTM) December 15, 2021 0

मोरङ २९ मंसिर । जागरि लगाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा लखन गाउँपालिका-२ का ३८ बर्षीय गणेशराज अर्याल रहेका छन् ।

निजले उदयपुर त्रियुगा नगरपालिका-८ बस्ने २ जनालाई जागिर लगाइ दिन्छु भन्दै प्रलोभनमा पारी पटक-पटक गरी नगद १ लाख ७३ हजार रुपैयाँ ठगी गरेको प्रहरीको अनुशन्धानबाट खुल्न आएको छ ।

सोमबार साँझ पक्राउ परेका निजउपर जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर