अस्पताल परिसरमा पर्किङ गरी राखेको मोटरसाइकल चोरी गरेर भारतको जोगवनीतर्फ लाँदै गर्दा समातिए उमेश दाहाल — OSNepal

अस्पताल परिसरमा पर्किङ गरी राखेको मोटरसाइकल चोरी गरेर भारतको जोगवनीतर्फ लाँदै गर्दा समातिए उमेश दाहाल

LC (KTM) December 15, 2021 0

मोरङ २९ मंसिर । मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकोह छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-११ डेरा गरी बस्ने सुनसरी रामधुनी नगरपालिका-३ घर भएका २८ वर्षीय उमेश दाहाल रहेका छन् ।

विराटनगरस्थित कोशी अस्पताल परिसरमा पर्किङ गरी राखेको को।२५ प ५०२४ नम्बरको मोटरसाइकल चोरी गरी भारतको जोगवनीतर्फ लाँदै गरेको अवस्थामा विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट उक्त मोटरसाइकल सहित निजलाई पक्राउ गरिएको हो ।

निजउपर जिल्ला अदालत मोरङबाट चोरी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर