पिकनिक खाएर फर्कदै गरेको बसको ठक्कर बाट झापाको दुर्गापुरमा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु — OSNepal

पिकनिक खाएर फर्कदै गरेको बसको ठक्कर बाट झापाको दुर्गापुरमा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु

LC (KTM) December 15, 2021 0

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका स्थित दुर्गापुरमा बसको ठक्कर बाट मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै निधन भएको छ । ईलामको कन्याममा पिकनिक खाएर फर्कदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इलाम रोङ गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय सन्तोष राई र सोही ठाउँका ३५ वर्षीय चक्रबहादुर राई रहेका छन् ।

उनीहरु मे७प २८४६ नम्बरको मोटरसाईकलमा पश्चिमबाट पुर्व तर्फ गईरहेको बेला पिकनिक खाएर ईटहरी तर्फ फर्कदै गरेको ना ५ ख ७९३७ नम्बरको बसले ठक्कर दिँदा बुधबार राति ८ बजे दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस तीव्र गतिमा आएर साइडमै मोटरसाईकल कुदाई रहेका उनीहरुलाई ठक्कर दिदा सो दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर