पुर्व मिस नेपाल उषा खडगी तथा कलाकार निर्मल शर्माले गरे काठमाण्डौको मुटु गोंगबुमा रहेको होटल ह्वाइट हाउसको उद्घाटन — OSNepal

पुर्व मिस नेपाल उषा खडगी तथा कलाकार निर्मल शर्माले गरे काठमाण्डौको मुटु गोंगबुमा रहेको होटल ह्वाइट हाउसको उद्घाटन

LC (KTM) December 16, 2021 0

काठमाण्डौ -काठमाण्डौको मुटुमा अवस्थित एकदमै व्यस्त ठाँउ गोंगबुको बिजी मलको अपोजिटमा नेपालीपन झल्किने सम्पूर्ण सुविधा सम्पन्न ह्वाईट हाउस नामक होटल सञ्चालनमा ल्याइएको छ ।होटलको ब्राण्ड एम्बेसडर समेत रहनु भएका बरिष्ठ कलाकार निर्मल शर्मा तथा पूर्व मिस नेपाल उषा खड्गीद्वारा संयुक्त रुपमा एक कार्यक्रमका बीच होटल ह्वाइट हाउसको उद्घाटन गरिएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा हस्तकलादेखि आधुनिक उत्पादनसम्म पाइने एक मात्र होटलको रुपमा स्थापित भएको छ । २४ घण्टा नै सेवा प्रदान गरिने होटल ह्वाइट हाउसमा प्रत्येक रुममा चिसो तातो पानी, फ्री वाई फाई, मिनिबार तथा आरामदायी बेडको ब्यबस्था गरिनुको साथै होटलमा रेस्टुरेण्टको ब्यबस्था पनि गरिएको छ।

होटल टुरिजमसँग सम्बन्धित रहेकोले आफू जोडिएको पुर्व मिस नेपाल खडगी सञ्चारकर्मीलाई बताइन् । त्यस्तै अर्का ब्राण्ड एम्बेसडरका रूपमा रहनु भएका कलाकार निर्मल शर्मा ‘गैडा’ पनि होटल पर्यटन क्षेत्रसँग जोडिएको क्षेत्र भएकोले आफू आबद्ध भएको कुरा थपे । ‘पर्यटन व्यवसायले देशको सबै क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ’ शर्माले भने ‘पर्यटनको लागि आवश्यक धेरै पूर्वाधार मध्य एक होटल पनि हो ।’ होटल ह्वाइट हाउस अपार्टमेन्ट रुम र फरक अवधारणका साथ सञ्चालनमा आएकोले आफ्नो रोजाइमा परेको शर्माले बताए ।

बुद्ध शाहीले सञ्चालनमा ल्याएको यो होटलमा जम्मा १२ वटा रुम रहेका छन् । प्रत्येक रुममा फरक फरक नेपालीपन झल्किने इन्टिरियर डिजाइन गरिएको छ । होटलका केही रुममा अपार्टमेन्ट सिस्टममा तयार गरिएको छ । जसमा बस्ने गेस्टले आफ्नै घरमा झैँ खाना बनाएर खान सक्नेछन् ।भिआइपी, एनआरएन र विदेशी पर्यटकको लागि विशेष लक्ष्य गरिएको होटलमा एक बार, एक लवी र एक स्वीट लवी पनि छ । जसमा बसेर गेस्टले आफ्ना अतिथिलाई समेत भेट्न सक्नेछन् ।

‘टिपिकल नेपाली खाना र शान्त वातावरणमा अतिथिलाई खुशी पार्न होटलले विभिन्न सुविधा समेत राखेको छ’ सञ्चालक शाहीले भने ‘अतिथि स्वास्थ्यलाई मध्यनजर गर्दै हामीले मार्वलको ठाउँमा समेत नेपाली काठ प्रयोग गरेका छौ ।’

सौराहा, चितवन र नगरकोटपछि पछि होटल ह्वाइट हाउसको शाखा अहिले गोंगबुमा सञ्चालनमा ल्याइएको हो । बास्तुको दृष्‍टिकोणले पनि होटलको बातावरणलाई शान्त सुन्दर र आकर्षित बनाएको र सस्तो तर गुणस्तरीय सेवा उपलब्ध गराएको सञ्चालक शाहीले बताए । निकट भविष्यमा नेपाल अधिराज्यका अन्य ठाँउ हरुमा अझै शाखा विस्तार गर्दै जाने र अझै उत्कृष्ट विश्व सामु नै यही होटल मार्फत छुट्टै पहिचान समेत बनाउने शाहीको लक्ष्य रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर