यसकारण बढी हुन्छ, यस्ता महिलालाई हृदयाघातको खतरा — OSNepal

यसकारण बढी हुन्छ, यस्ता महिलालाई हृदयाघातको खतरा

LC (KTM) December 17, 2021 0

हालै गरिएको एउटा अध्ययनको दाबीअनुसार लामो समयसम्म एन्टिबायोटिक औषधि सेवन गर्ने महिलालाई हृदयाघात वा स्ट्रोक आउने खतरा बढ्छ।

यो अनुसन्धान युरोपियन हर्ट जर्नलमा प्रकाशित छ।अध्ययनअुनसार ६० वर्ष वा योभन्दा बढी उमेरका महिला जो दुई महिना वा योभन्दा बढी समयसम्म एन्टिबायोटिक औषधि सेवन गर्छन् उनलाई मुटु रोगको खतरा सबभन्दा बढी हुन्छ। यो जानकारी आजको कान्तिपुरमा छापिएको छ।

४० देखि ५९ वर्षसम्मका महिलामा समेत लामो समयसम्म एन्टिबायोटिकको उपयोगले यस्तो जोखिम बढ्छ। तर २० देखि ३९ वर्षसम्म उमेरका महिलमा भने यो जोखिम नदेखिएको अनुसन्धानकर्ताहरुको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर