लजमा महिलाहरु राखी बेश्यावृत्ति गर्ने गराउने कार्यमा संलग्न मिनराज र गौतम पक्राउ — OSNepal

लजमा महिलाहरु राखी बेश्यावृत्ति गर्ने गराउने कार्यमा संलग्न मिनराज र गौतम पक्राउ

LC (KTM) December 17, 2021 0

सुनसरी, २ पुस-इटहरी उपमहानगरपालिका-९ स्थित रिभरसाईड होटल एण्ड लजमा महिलाहरु राखी बेश्याबृत्ति गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा ईटहरी उपमहानगरपालिका-४ बस्ने ३६ वर्षीय गौतम लेप्चा र संखुवासभा नुम गाउपालिका-५ बस्ने २० वर्षीय मिनराज पराजुली रहेका छन् ।

उक्त होटल एण्ड लजमा वेश्यावृत्ति कार्य गराउँदै आएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले होटलबाट पीडितलाई उद्दार गरी उक्त कार्यमा संलग्न लेप्चा र पराजुलीलाई पक्राउ गरेको होउनीहरु उपर मानव बेचबिखन मुद्दा शीर्षकमा जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर