पूर्वराजा ज्ञानेन्द्रसँग प्रचण्डले गरेको पाँचबुँदे सहमतिको प्रमाण भएको एमाले पृथ्वी सुब्बा गुरुङको खुलासा — OSNepal

पूर्वराजा ज्ञानेन्द्रसँग प्रचण्डले गरेको पाँचबुँदे सहमतिको प्रमाण भएको एमाले पृथ्वी सुब्बा गुरुङको खुलासा

LC (KTM) December 17, 2021 0

काठमाडौं २ पुस । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रसँग नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको पाँचबुँदे सहमतिको प्रमाण भएको खुलासा गरेका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम सहभागी भएका नेता गुरुङले यसको प्रमाण भएको बताएका हुन् ।

‘शान्तिप्रक्रियामा आउनुभन्दा अघि पूर्वराजा ज्ञानेन्द्रसँग प्रचण्डले गरेको पाँच बुँदे सहमतिको प्रमाण छ । उहाँको राजा वीरेन्द्रसँग पनि कार्यनीतिक गठबन्धन थियो । अहिले पनि ज्ञानेन्द्रको मन जहाँ छ, प्रचण्डको मन त्यहीँ छ । जहाँ ज्ञानेन्द्रको बाटो छ, प्रचण्डको बाटो त्यहीँ छ ।’ कार्यक्रममा उनले भने ।

ओलीले गाँजा, भाङ, धतुरो खाएर बोलेको होइन भन्दै गुरुङले अघि भनेका छन्, ‘कठैबरा ! ओलीले प्रचण्डसँग किन माफी माग्ने ? केपी ओलीले गाँजा, भाङ, धतुरो खाएर बोल्नुभएको होइन । मानसिक सन्तुलन गुमाएर भन्नुभएको पनि होइन । भन्ने हो भने त शेरबहादुर देउवा, शेखर कोइराला, उपेन्द्र यादव, बाबुराम भट्टराई र महन्थ ठाकुरलाई पनि भन्नुहुन्थ्यो होला नि । प्रचण्डलाई मात्र किन भन्नुुुभयो होला ?’

ओलीको सरकार गिराएर प्रचण्डले कालो धनलाई सेतो धन बनाउन खोजेको आरोप लगाएका उनले प्रचण्ड र माधव नेपाल मिलेर केपी ओलीको सरकार ढालेको बताएका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई सुदृढ र व्यवस्थित बनाउन लागेका ओली र अर्का प्रतिक्रियावादीहरुसँग मिलेर नेपालको कम्युनिस्ट आन्दोलन सिध्याउन लागेका प्रचण्ड बिच आरोप प्रत्यारोप स्वाभाविक भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर