हाम्रो पुस्तामाथि पार्टी भित्रमात्र नभएर आम जनताकै भरोसा रहेको छ : प्रदीप पौडेल — OSNepal

हाम्रो पुस्तामाथि पार्टी भित्रमात्र नभएर आम जनताकै भरोसा रहेको छ : प्रदीप पौडेल

LC (KTM) December 17, 2021 0

काठमाडौं २ पौष । नेपाली कांग्रेसका नेता प्रदीप पौडलले आफु पराजित भएपनि आफ्नो पुस्ता नेतृत्वमा पुगेको भन्दै खुसी व्यक्त गरेका छन् ।

पौडेलले शुक्रबार आफ्ना मतदातालाई धन्यावाद दिन आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

प्रश्न सोध्ने ठाउँबाट जवाफ दिने ठाउँमा जान चाहन्थे तर पुग्न सकिनँ । जित्ने साथीहरू प्रश्न उठाउनेमध्येकै हुनुहुन्छ । आन्दोलनको मोर्चामा सँगै हिड्नेमध्येकै हुनुहुन्छ पौडेलले भने ।

निर्वाचित भएका नेताहरुलाई शुभकामना दिँदै पौडेलले भने, ‘साथीहरू तपाईंको जवाफ प्रभावकारी नहुँदा निरासा आउन सक्छ निरास आउँन नदिनुहोला ।’

आफ्नै पुस्ता नेतृत्व तहमा पुगेकोले आफु खुसी भएको बताएका उनले आफ्नो पुस्तामाथि

पार्टी भित्रमात्र नभएर आम जनताकै भरोसा भएको समेत दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर