एमालेका पुर्व उपाध्यक्ष भीम रावल अब मात्र केन्द्रीय सल्लाहकार परिषदको सदस्य — OSNepal

एमालेका पुर्व उपाध्यक्ष भीम रावल अब मात्र केन्द्रीय सल्लाहकार परिषदको सदस्य

LC (KTM) December 17, 2021 0

काठमाडौं २ पौष । नेपका एमालेका पुव उपाध्यक्ष तथा पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका नेता भीम रावल पार्टीको सल्लाहकार परिषद सदस्यको हैसियतमा रहेको पार्टीका महासचिव शंकर पोखरेलले बताएका छन् ।

शुक्रबार एमालेको केन्द्रिय कमिटिको बैठकले निणर्य गरेको विषय सार्वंजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पोखरेलले यस्तो बताएका हुन् ।

रावल केन्द्रीय सदस्य नरहेकाले केन्द्रीय कार्यसमितिको तर्फबाट गरिएको कार्यविभाजनमा उनको सहभागीता नभएको भन्दै पोखरेलले भने, ‘नीतिगत निर्णयले उहाँलाई सल्लाहकारको जिम्मेवारी प्रदान गर्छ । त्यो भन्दा बाहेकको जिम्मेवारीका सन्र्दभमा पार्टी अध्यक्षसँग परामर्श गर्न सक्नुहुन्छ ।’

केन्द्रीय सल्लाहकार परिषदको सदस्य भएकाले अब रावलले पार्टीलाई समय समयमा सल्लाह सुझाव दिन मात्र सक्ने उनले बताएका छन् । थप जिम्मेवारीको लागि पार्टी अध्यक्षसँग छलफल गरेर गर्न सकिने पनि उनको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर