नेता डा रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी — OSNepal

नेता डा रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी

LC (KTM) December 18, 2021 0

काठमाडौँ, ३ पुस – नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ ।सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार हुनुभएका डा रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन हुनुभएको थियो । अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा रावलले रुचि नदेखाएपछि उहाँलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताउनुभयो । उहाँले थप जिम्मेवारीका लागि अध्यक्ष ओली र डा रावलको परामर्शबमोजिम हुने स्पष्ट गर्नुभयो । पार्टीको गत मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सल्लाहकार परिषद्को सल्लाहकारमा अमृतकुमार बोहरालाई चयन गरेको थियो ।

सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीको बैठकका निर्णयमा रावलको जिम्मेवारी पनि परेको जनाइएको छ । अछामबाट प्रतिनिधिसभामा निर्वाचित डा रावलले आफू पार्टीमै रहने र यहाँभित्र देखिएका कमजोरी सुधार्न लागि पर्ने जनाउँदै आउनुभएको छ । गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व प्रस्तावअन्तर्गत उपाध्यक्ष पदमा निरन्तरता दिन बन्दसत्रमा अध्यक्ष ओलीले गरेको प्रस्तावमा ड रावल तयार नभएपछि निर्वाचन भएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर