कालीकोटमा आगलागीमा परेर टाउको र खुट्टा जलेकी महिलाको मृत्यु — OSNepal

कालीकोटमा आगलागीमा परेर टाउको र खुट्टा जलेकी महिलाको मृत्यु

LC (KTM) December 18, 2021 0

कालीकोटमा आगलागीमा परेर घाइते हुनुभएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । शुक्रबार आगलागीमा परेर घाइते हुनुभएकी रास्कोट–९ का रामसरा बुढाको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा आज बिहान उहाँको मृत्यु भएको हो ।

आगलागीबाट टाउको र खुट्टा जलेको उहाँको स्थानीय रास्कोट अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेततर्फ पठाउने क्रममा बाटोमा नै मृत्यु भएको मृतकका आफन्त नवराज बुढथापाले बताउनुभयो ।

शुुक्रबार दिउँसो बुढा रास्कोट–९ थोल्म खर मेलामा घाँस काट्न गएको बेलामा कसैले आगलागी गर्दा त्यसमा परेर बुढा घाइते हुनुभएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर