एक करोड १० लाखमा बिक्री गर्न लागेको दुर्लभ वन्यजन्तु सालकसहित २६ वर्षीय उद्धव पक्राउ — OSNepal

एक करोड १० लाखमा बिक्री गर्न लागेको दुर्लभ वन्यजन्तु सालकसहित २६ वर्षीय उद्धव पक्राउ

LC (KTM) December 18, 2021 0

काठमाडौँ- काठमाडौँ महानगरपालिका–३२ बस्ने दोलखाको कालिञ्चोक गाउँपालिका–६ का २६ वर्षीय उद्धव थामीलाई दुर्लभ वन्यजन्तुको सूचीमा रहेको जिउँदो सालकसहित प्रहरीले पक्राउ गरेको छ ।

केही व्यक्तिहरुले दुर्लभ सालक अवैध रुपमा बिक्री वितरण गर्नका लागि लुकाई राखेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनको कोठाबाट करिब रु एक करोड १० लाखमा बिक्री गर्ने उद्देश्यले लिइआएको उक्त सालक फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ । उनलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर