२२ वर्षिय मनितादेवीले दिइन् तिम्ल्याहा सन्तानलाई जन्म — OSNepal

२२ वर्षिय मनितादेवीले दिइन् तिम्ल्याहा सन्तानलाई जन्म

LC (KTM) December 19, 2021 0

राजविराज ।सप्तरीकी २२ वर्षिय एक महिलाले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा तिम्ल्याहा बच्चा (छोरा) लाई जन्म दिएकी छिन् । सप्तरीको छिन्नमस्ता गोबिन्दपुर निवासी २२ वर्षिया मनितादेवी सदाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

३ सन्तानलाई जन्मदिएसँगै परिवार खुशी रहेका छन् । मनितादेवी शनिबार शल्यक्रियामार्फत बच्चालाई जन्म दिएकी हुन् । अहिले तिनै बच्चा र आमाको स्वास्थ अबस्था सामान्य रहेको उपचारमा संलग्न डा. सन्तोष झाले बताए । डा. झाले तीनै बच्चा र आमालाई केही दिन अस्पतालकै निगरानीमा राखिने अनि मात्र डिस्चार्ज गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर