नेकपा एमाले एमसीसी पास नगराउने प्रयत्नमा लागि परेको छ : नेकपा माओवादी — OSNepal

नेकपा एमाले एमसीसी पास नगराउने प्रयत्नमा लागि परेको छ : नेकपा माओवादी

LC (KTM) December 19, 2021 0

काठमाडौं ४ पौष । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण एमसीसी पास नहुने वातावरण र्सिजना देखो परेको बताएका छन् ।

आइतबार बसेको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नभएपछि नेता शर्माले यस्तो टिप्पणी गरेका हुन् । अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पास गराउन ओलीले संकट र्सिजना गरेका आरोप समेत लगाएका छन् ।

‘एमसीसी पास गराउन सहयोग नगरेको भनेर सभामुखलाई आरोप लगाउने, अपदस्त गर्ने के के गर्नेले सरकारबाट हटिसकेपछि बेइमानीपूर्वक जनताको अगाडि लाज नमानीकन आवाज फेर्ने ?’शर्माले भने ।

सर्वदलीय बैठक पछि नेता शर्माले यो पटक पनि एमसीसी पास गराउन सकिएन भने अन्तर्राष्ट्रिय स्तरमा कमजोर हुने बताएका उनले यसको प्रमुख कारण नेकपा एमाले भएको बताएका छन् ।

‘एमसीसी हाम्रो एजेण्डा हो यसलाई पास गर्नुपर्छ भनेर प्रतिपक्षको हैसियतमा दबाव दिनुपर्ने ठाउँमा एमसीसीको मतलब छैन भनेर, एमसीसी पास गर्न दिँदैनौं भन्ने जुन भनिन थालिएको छ त्यो भनाइ बेइमानीपूर्ण छ’ शर्माले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर