खुला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांक पहिलो — OSNepal

खुला केन्द्रीय सदस्यको मतगणना सकियो, शशांक पहिलो

LC (KTM) December 19, 2021 0

काठमाडौं, ४ पुस – नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ । शनिबारदेखि थालिएको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यको गणना केहीबेर अघि मात्र सकिएको हो ।

खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन् । यस्तै एनपी साउद, बालकृष्ण खाण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की लगायतले बढी मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसमा खुला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । मतगणना सकिएसँगै निर्वाचन समितिले सार्वजनिक गर्ने तयारी गरेको छ । अब खुला महिला र मधेसी महिला तर्फको मतगणना गर्ने तयारी भएको छ ।

निर्वाचन समितिले खुला केन्द्रीय सदस्यको मतगणना सार्वजनिक गरेसँगै खुला महिला र मधेसी महिला तर्फको गणना गर्न लागेको हो ।

महिला खुला केन्द्रीय सदस्यमा ९ जना चयन हुने छन् । त्यसका लागि ३० जना चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तै मधेसी महिलामा चार जना चयन हुने छन् भने पाँच जनाको उम्मेदवारी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर