कुन्दन काफ्ले बने कान्छो कांग्रेस केन्द्रीय सदस्य — OSNepal

कुन्दन काफ्ले बने कान्छो कांग्रेस केन्द्रीय सदस्य

LC (KTM) December 20, 2021 0

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिमा सबैभन्दा कान्छो सदस्यका रूपमा कुन्दन काफ्ले बिजयी भएका छन्।

नेपाल वद्यार्थी संगठनका पूर्व महामन्त्री काफ्ले जम्मा ३९ वर्ष मात्रै रहेका छन् । उनले खुल्ला केन्द्रीय सदस्यतर्फ २२७९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यो पनि- जो पहिलो पटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भए

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा १६ जनाले पहिलोपटक प्रवेश पाएका छन् ।

गत सोमबार सम्मपन्न निर्वाचनमा खुला केन्द्रीय सदस्यका लागि ९९ जना चुनावी मैदानमा थिए । त्यसमध्ये ३५ जना निर्वाचित भएका छन् ।

खुला केन्द्रीय सदस्यमा शेखर कोइरालाले सबैभन्दा बढी मत पाएर एक नम्बर हुँदा कृष्ण किशोर घिमिरे ३५ औं नम्बरमा परेका छन् ।

कांग्रेसमा १६ जना पहिलो पटक केन्द्रीय समितिमा पुगेका छन् । जसमा- उदयशमशेर राणा, रामहरी खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल, सञ्जयकुमार गौतम, डा.गोविन्दराज पोखरेल, राजीव ढुंगाना, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, उमेशजंग रायामाझी, गणेश लामा, मोहन आचार्य, कृष्णकिशोर घिमिरे रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर