माओवादी केन्द्रको प्रदेश अधिवेशन गयो चुनावी प्रक्रियामा बागमती प्रदेशको निवार्चन, अहिले ११ बजे काठमाडौंमा — OSNepal

माओवादी केन्द्रको प्रदेश अधिवेशन गयो चुनावी प्रक्रियामा बागमती प्रदेशको निवार्चन, अहिले ११ बजे काठमाडौंमा

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन चुनावमा जाने भएको छ । प्रदेश नम्बर १ र बागमती प्रदेशमा सर्वसम्मत नेतृत्व चयन हुन नसकपछि चुनावमा जाने भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएपनि नेतृत्व चयन नभएपछि प्रचण्डले चुनावको माध्यमबाट नेतृत्व चयन गर्न निर्देशन दिएको स्रोतको जनाएको छ ।

जसअुरुप बाग्मती प्रदेशमा नेतृत्व चयनको लागि आज सोमबारबाट नै चुनावी प्रक्रिया सुरु गरिने पनि बताइएको छ । चुनावी प्रक्रिया अहिले ११ बजेबाट काठमाडौमा रहेको अनुपम फुडल्यान्डमा सुरु हुने भएको छ ।

यस प्रदेशको नेतृत्व चयनको लागि भने चुनावी मैदानमा देवीप्रसाद ढकाल (डीपी), दिनानाथ गौतम, विशाल खड्कालगायत उत्रिएका भएका छन् । त्यसै गरी प्रदेश १मा पनि नेतृत्वको आकांक्षी धेरै भएपछि चुनावी प्रक्रियामा जाने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर