स्वतन्त्र उम्मेदवारको तर्फबाट उठेका शशांकले ल्याए १४ औं महाधिवेशनमा सबैभन्दा धेरै मत, दोस्रोमा परे को ? — OSNepal

स्वतन्त्र उम्मेदवारको तर्फबाट उठेका शशांकले ल्याए १४ औं महाधिवेशनमा सबैभन्दा धेरै मत, दोस्रोमा परे को ?

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । नेपाली कांग्रेसको १४ औँ महाविधेशन अन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मत परिमाण सार्वजनिक भएको छ । ३५ जनाको लागि भएको निर्वाचनमा ९९ जना चुनावी मैदान उत्रिएका थिए ।

जसमा ३८३६ मत ल्याएर डा शशांक कोइराला पहिलो स्थानमा परेका छन् , भने २९३७ मत ल्याए एनपी साउद दोस्रो स्थानमा परेका छन् ।

३५ जना  निर्वाचित  सदस्यहरुमा   सभापति  शेरबहादुर देउवा   सुमहबाट    २५ जना    र  शेखर कोइरालाको  समुहबाट  ९ जना  र   एक जना स्वतन्त्र   उम्मेदवार विजयी   भएका   छन् । 

शेरबहादुर देउवा समूहबाट विजयीहरूमा

एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा, गोपालमान श्रेष्ठ, जितजंग बस्नेत, नैनसिंह महर, सुनीलबहादुर थापा, मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, राजीव ढुंगाना, मदनबहादुर अमात्य, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, डा। गोपाल दहित र मोहन आचार्य रहेका छन् ।

शेखर कोइराला समूहबाट विजयी हुनेहरुमा

अर्जुननरसिंह केसी, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, बलबहादुर केसी, दीपक गिरी, डा। गोविन्दराज पोखरेल, सञ्जयकुमार गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी रहेका छन् ।

स्वतन्त्र उम्मेदवार डा. शशांक कोइराला रहेका छन् जसले अत्यधिक मत ल्याई केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर