महिला खुला केन्द्रीय सदस्यमा १३६४ मत गनिसक्दा संग्रौलाले ल्याइन् ८२५ मत — OSNepal

महिला खुला केन्द्रीय सदस्यमा १३६४ मत गनिसक्दा संग्रौलाले ल्याइन् ८२५ मत

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत भइरहेको महिला खुला केन्द्रीय सदस्यमा डिना सग्रौलाले अग्रता लिएकी छन् ।

१३६४ मत गनिसक्दा पनि संग्रौलाले ८२५ मत ल्याएकी छन् भने दोस्रो स्थानमा ८०२ मतसहित पुष्पा भुसाल परेकी छन् । यता प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले ७२८ मत ल्याएकी छन् ।

महिला खुला केन्द्रीय सदस्यमा नौ जनाको लागि भएको निर्वाचनमा अन्यले अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईं ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत पाएकी छन् ।

आज बिहानबाट मधेसीतर्फका महिला र पुरुष, थारुतर्फका महिला र पुरुष, मुस्लिम तर्फका महिला र पुरुष, प्रदेश १ र वागमती प्रदेशको केन्द्रीय सदस्य पदको मतगणना सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर