सरी, राजतन्त्र मान्न सक्दिनँ , पञ्चायत पुज्न सक्दिनँ भन्दै पाण्डेले उल्टै प्रश्न सोध्दै बुझाए मिश्रलाई स्पष्टिकरण — OSNepal

सरी, राजतन्त्र मान्न सक्दिनँ , पञ्चायत पुज्न सक्दिनँ भन्दै पाण्डेले उल्टै प्रश्न सोध्दै बुझाए मिश्रलाई स्पष्टिकरण

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई स्पष्टिकरण दिएका छन् । पाण्डले आफुले राजतन्त्र मान्न नसक्ने भन्दै मिश्रलाई नै १० वटा प्रश्न गरेका छन् ।

उनले ‘सरी, राजतन्त्र मान्न सक्दिनँ । पञ्चायत पुज्न सक्दिनँ । धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सक्दिनँ ।’ भन्दै स्पष्टिकरण दिएका हुन् ।

गत मंसिर २१ गते मिश्रले पाण्डले स्पष्टिकरण सोधका थिए । पाण्डेले मिश्रलाई प्रश्न गरेका छन् ।

‘१७ भदौपछि विवकेशील साझा पार्टीमा जे जति विषयहरू, निणर्यहरू भएका छन्, ती सबै अवैधानिक हुन्’, उनले भनेका छन् ।

तपाईंले धर्मको नाममा नागरिकलाई विभाजित गर्न धर्म निरपेक्षतामा जनमत संग्रह गर्ने भनेर किन वकालत गर्नुभयो ? देशलाई अफगानिस्तानरकाबुल बनाउने नियतका साथ तपाईंको धार्मिक युद्ध गराउने चाहनाको भारी किन पार्टीलाई बोकाउन खोज्नु भयो ?

बागमती प्रदेशबाट रञ्जु दर्शनाजी र अन्तर्राष्ट्रिय समितिबाट सुरेश भट्टजीलाई किन कारबाही गरेको रु किन बर्खास्त गरेको भन्दै प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर