ओलीजस्तो ज्याद्रो मान्छेलाई प्रचण्डले चिन्नै सक्नुभएन : माधव नेपाल — OSNepal

ओलीजस्तो ज्याद्रो मान्छेलाई प्रचण्डले चिन्नै सक्नुभएन : माधव नेपाल

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओली वामपन्थ नभई रामपन्थ भएको बताएका छन् ।

सोमबार ओलीले संसद विघटन गरेको पौष पाँच गतेलाई कालोदिनको रुपमा समाजवादी प्रेस संगठनको आयोजनामा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

‘प्रचण्ड सोझो हुन पुग्नुभयो । कहिल्यै कुरा उठाउनुभएन, अव मेरो पालो भन्नुपर्थ्यो नि । उहाँले केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई प्रचण्डले चिन्नै सक्नुभएन’ नेपालले भने ।

अग्रगमन होइन, प्रतिगमनको नारा लगाउदै यथास्थितिको पक्षमा ओलीले समाजवाद मन नपराएको भन्दै आरोप लगाएका छन् ।

हरेक कार्यक्रममा एक अर्काको आलोचना गरेर नथाक्ने नेपालले भने, ओली प्रतिगमनका हिमायती हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर