अरुलाई अपमान र पीडा मात्रै दिने ओली परपीडक नम्बर १ हुन् : नेपाल — OSNepal

अरुलाई अपमान र पीडा मात्रै दिने ओली परपीडक नम्बर १ हुन् : नेपाल

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई गफ हान्नमा कसैले भेट्न नसक्ने बताएका छन् ।

समाजवादी प्रेस संगठनले आयोजना गरेको एक कार्यक्रममा सभागी भएका उनले आगामी चुनावमा बहुमत ल्याँउछौं भनेर कुर्लिए पनि त्यसो नहुने बताएका छन् ।

‘केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु भनेर । फूर्ति त कम छैन, तर त्यो गफमात्रै हो । गफमा उनलाई कसैले सक्दैन’, उनले भने ।

संसद विघटन गरेका ओलीलाई नेपाललेसुध्रन, गल्ती महशुस गर्न र सही बाटोमा आउन सुझाव समेत दिएका छन् ।

गफाडी नम्बर १ ओलीको गिनिज बुकमा नाम लेखिदिए हुने बताएका उनले भनेका छन् , ‘अरुलाई अपमान, तेजोबोध, र पीडा मात्रै दिने । परपीडक नम्बर १ ।’ हुन् । केपी ओली अहिले कुर्लिरहेका छन् एक्लो बहुमत ल्याउँछु’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर