बबुरो पार्टीको रुपमा ओलीको स्थिति नाजुक हुने भएपछि हाम्रो भइसकेको सूर्य चिन्ह प्रयोग गरेर ओलीलाई बचाइयो : प्रचण्ड — OSNepal

बबुरो पार्टीको रुपमा ओलीको स्थिति नाजुक हुने भएपछि हाम्रो भइसकेको सूर्य चिन्ह प्रयोग गरेर ओलीलाई बचाइयो : प्रचण्ड

LC (KTM) December 20, 2021 0

काठमाडौं ५ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुर्य चिन्ह आफ्नोे भइसकेको अवस्थामा पनि नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बचाउन षडयन्त्र गरिएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘यदि निर्वाचन आयोगले संविधान, ऐन र हिजोको नजिर अनुसार काम गरेको भए केपी ओली पार्टीविहीन हुने थिए । सूर्य चिन्ह हाम्रो भइसकेको थियो, प्रचण्डले भने ।

बबुरो पार्टीको रुपमा उनको स्थिति नाजुक हुने भएकाले उनलाई बचाउन । ठूलो षड्यन्त्र रचिएको बताएका छन् ।

कार्यक्रममा प्रचण्डले ओलीले गठवन्धन सरकार टुटे कांग्रेसलाई एकलौटी सरकार बनाउन दिने एमसीसी पास गर्न सहयोग गर्ने समेत प्रस्ताव राखेको समेत खुलासा गरेका छन् ।

ओली अराजीतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र भएको बताएका उनले कार्यक्रममा उनले अघि भनेका छन्, ‘माधव नेपाललाई देख्यो कि कार्यक्रममै नजाने यो भन्दा बढी निरंकुश चरित्र केही हुन्छ ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर