दिउँसो १ बजे बस्ने संसद बैठमा एमसीसी लगायतका यी विषयमा टेबुल गर्ने कार्यसुची — OSNepal

दिउँसो १ बजे बस्ने संसद बैठमा एमसीसी लगायतका यी विषयमा टेबुल गर्ने कार्यसुची

LC (KTM) December 21, 2021 0

काठमाडौं ६ पौष । आज मंगलबार संसद बैठकको दशौं अधिवेशन दिउँसो १ बजे बस्ने भएको छ । आज बस्ने संसद बैठकमा चार वटा कार्यसुची पेश गर्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा एमसीसीको विषयमा टेबुल गर्ने सम्भावित कार्यसुची रहेको छ । आजको बैठकमा पनि प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्ने तयारी गरेको बुझिएको छ ।

मंसिर २८ गते    दशौं  अधिवेशनको    पहिलो बैठक  पनि एमालेको   अवरोधका कारण  अवरुद्ध   भई स्थगित    भएको   थियो  । यौन हिंसा विरुद्धको  केहि ऐन संशोधन गर्ने  कार्यसुची  रहेको  छ  । 

साथै यौन हिंसा विरुद्धका ऐन संशोधन र फौजजारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि ऐन संशोधन गर्ने कार्य सुची रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर